बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली
बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली

प्रधानमन्त्री देउवाले एमालेसँग सहमति गर्ने भन्दै आजको संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।

छलफलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन्।

प्रधानमन्त्री देउवाले एमालेसँग सहमति गर्ने भन्दै आजको संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए।

बैठक स्थगित भएपछि उनी एमालेसँग छलफलमा जुटेका हुन्।

सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहेका छन्। एमालेले एमसिसी पास गर्न पहिला संसद सुचारू हुनुपर्ने बताएको छ।

त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई संसदमा राख्न नमिल्ने उसको माग छ। आफूले कारबाही गरेका सांसदलाई नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन सघाएको भन्दै उनलाई हटाउनु पर्ने माग पनि एमालेले अघि सारेको छ।

साताकाे चर्चित
सम्बन्धित