सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, “सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो ।”