प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि पल शाह फरार
प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि पल शाह फरार

 पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह  फरार भएका छन् ।

    • बेल संचार

    • १३ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं

 पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह  फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्।  शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए । पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।

उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। प्रहरीले शाहलाई पक्राउ गर्न सर्कूलर जारी गरेपनि उनलाई प्रहरीले भेट्टाउन सकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भने पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ ।

यता शाहले आफूमाथि गरिएको षड्यन्त्र गरिएको बताएका छन्। उनले फेसबुकमार्फत केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा आफूमाथि सुन्न नसकिने खालको कुरा गरेको उल्लेख गरेका छन्। उनले आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार भएको उल्लेख गरेका छन्।

मुलुकी अपराध संहिता २०७४ अनुसार मन्जु री लिएर भएपनि १८  वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो  बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।

साताकाे चर्चित
सम्बन्धित