युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल
युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल
    • बेल संचार

    • १४ फाल्गुन २०७८, शनिबार

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ।

रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारिदिएको हो । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परे हुने थियो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो ।

प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहे । उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित