एमसिसी अनुमोदनको विरोधमा ८ दलले गरे बन्द, यात्रुलाई सास्ती
एमसिसी अनुमोदनको विरोधमा ८ दलले गरे बन्द, यात्रुलाई सास्ती

काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू चलेका छन्।

    • बेल संचार

    • १६ फाल्गुन २०७८, सोमबार

संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।

आइतबार संसदबाट एमसिसी अनुमोदन भएको थियो।

काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू चलेका छन्।

बन्दले दाङका सडक सुनसान छन्। सवारी साधन चलेका छैनन् भने बजार खुलेका छैनन्। यात्रुहरू हिँडेरै गन्तब्यमा जान बाध्य छन्।

चोकमा बन्दकर्ता बसेका छन्। प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएका छन्।

दाङका एसपी सुरेश काफ्लेले पूर्वपश्चिम राजमार्गमा स्कटिङ गरेर लामो दूरीका सवारी साधन गन्तब्यतर्फ पठाइएको बताए।

 

यस्तै झापामा पनि बन्दको प्रभाव देखा परेको छ। यातायातका साधन चलेका छैनन्। पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सुनसान छ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका थिए।

६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दु:ख र हैरानी खेप्नुपरेको छ।

साताकाे चर्चित
सम्बन्धित