रुस बिरुद्ध लड्न युरोपले लडाकु विमान र थप हतियार दिने, बढ्दै विश्व युद्धको खतरा
रुस बिरुद्ध लड्न युरोपले लडाकु विमान र थप हतियार दिने, बढ्दै विश्व युद्धको खतरा
    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

युक्रेनले डोनबास क्षेत्रमा रुसी मुलका नागरिकमाथि अत्याचार गरेको भन्दै दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिई युक्रेन बिरुद्ध सैन्य अभियान शुरु गरेको रुस बिरुद्ध पश्चिमा देशहरु अप्रत्यक्ष रुपले मैदानमा उत्रिएका छन् । बेलायत , अमेरीका, युरोपेली युनियनले रुसमाथि कडा प्रतिवन्ध लगाउदै युक्रेनलाई हतियार, सैन्य उपकरण र आर्थिक सहायता प्रदान गरीरहेका छन् ।

उनीहरुले ड्रोन, एन्टीटैंक मिसाईल, गोला बारुद निरन्तर पठाउदै आएका छन् । यही बीचमा रुसी जहाजका लागि आफ्नो आकाश प्रतिवन्ध लगाएको युरोपेली युनियनले अब युक्रेनमा लडाकु विमान पठाउने तयारी गरेको छ ।

युनियन स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उक्त समाचार उल्लेख गरेका छन् ।

यता बेलारुसले पनि आफूलाई परमाणुमुक्त देशबाट स्वतन्त्र बनाएको घोषणा गर्दै युक्रेन बिरुद्ध रुसको सैन्य अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ । त्यो लगत्तै अमेरीकाले बेलारुसमा रहेको दुतावास बन्द गरेको छ ।

यता चीन र भारतले युक्रेन संकटलाई शान्तिपूर्ण रुपमा समाधान गर्नु पर्ने भन्दै सुरक्षा परिषद्को मतदान बहिष्कार गरेका छन् । युएईले पनि बहिष्कार गरेको छ ।

पश्चिमाहरुले रुस बिरुद्ध लड्न युक्रेनलाई ठूलो मात्रामा हतियार मात्र हैन मानवीय जनशक्तिका रुपमा बेलायत जस्ता मुलुकले नागरिकलाई पठाउने संकेत दिएपछि रुसले पनि परमाणु हतियार तैनाथ गरेको छ ।
जल, थल र हवाई कुनै पनि क्षेत्रबाट परमाणु अस्त्र रक्षात्मक र आक्रामक दुबै अवस्थामा प्रहार गर्न तयारी अवस्थामा राखिएको रुसी रक्षा मन्त्रीले राष्ट्रपति भ्लादीमीर पुटिनलाई अवगत गराएका छन् ।
यदी यो युद्धले विश्वयुद्धको रुप लिएमा संसारमा ठूलो मानवीय क्षति हुन सक्ने भन्दै शान्तिका लागि अपील भईहेको छ ।

साताकाे चर्चित
सम्बन्धित