एमसिसीको विवाद ओलीलाई पदच्यूत गर्ने दुष्प्रचार मात्र थियो: एमाले
एमसिसीको विवाद ओलीलाई पदच्यूत गर्ने दुष्प्रचार मात्र थियो: एमाले

उनले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पहल नगरेको बताए

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट पदच्यूत गर्ने दुष्प्रचार मात्र भएको बताएको छ।

मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढ्दै नेता प्रदीप ज्ञवालीले अहिले सत्तारूढ गठबन्धनमा भएका नेताहरूले पहिला ओलीलाई पदच्यूत गर्न दुष्प्रचारको रूपमा एमसिसी विवाद झिकेको बताए।

उनले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पहल नगरेको बताए।

एमसिसी दुई पक्षीय सम्झौता भए पनि यसलाई भू-राजनीतिको विषय बनाएको उनले बताए।एमसिसी पारित भइसकेपछि अब यसलाई कार्यान्वयनमा लैजानु पर्ने ओलीको विज्ञप्तिमा उल्लेख छ।

साताकाे चर्चित
सम्बन्धित