सभामुखले राजीनामा नदिए महाअभियोग!
सभामुखले राजीनामा नदिए महाअभियोग!

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्।

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।

यद्यपी अध्यक्ष ओलीले सभामुख सापकोटाको स-सम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको बताए। ‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो। सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन। ल्याउन सक्छ। ल्याउँछ नै भन्ने पनि छैन। उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ’, ओलीले भने, ‘हामी उहाँको राजीनामा पर्खिराखेका छौं। स-सम्मान बर्हिगमन हुनुस्। ससम्मान हटनुस्। कमसेकम संसदले निस्काशन गर्नुपर्‍यो भन्ने नहोस्।’

साताकाे चर्चित
सम्बन्धित