मङ्लबार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले रूस–युक्रेन द्वन्द्व अन्त्य हुनुपर्ने बताएका छन । रूस–यूक्रेन युद्धको कारक अमेरिकी नीति रहेको नेता खामेनीको आधिकारिक वेबसाइटमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाले यूक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर यूक्रेनलाई यस बिन्दुमा ल्याएको उनले दावी गरेका छन । अन्य मुलुकमाथि अस्थिरता सिर्जना गर्ने र अन्य देशहरूका लागि सङ्कट उत्पन्न गर्ने नीति नै यूक्रेन द्वन्द्वको कारण भएको उनको भनाइ छ ।