रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ ।
“छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो सङ्ख्या यूक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,” यूक्रेनका लागि यूएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताए ।