प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ। 

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

काठमाडौँ,

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुहुनेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साताकाे चर्चित
सम्बन्धित