वाग्मती पुलको पर्खाल भत्किएर २ जना घाइते
वाग्मती पुलको पर्खाल भत्किएर २ जना घाइते

पशुपति आर्यघाट नजिकको वाग्मती पुलबाट खसेर २ जना घाइते भएका छन् । 

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

काठमाडौँ,

पशुपति आर्यघाट नजिकको वाग्मती पुलबाट खसेर २ जना घाइते भएका छन् ।

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले बुधबार राति भत्किएको हो ।

भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुईजना वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।

एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।

साताकाे चर्चित
सम्बन्धित