युद्धका बीच पनि रुसी सेनाले युक्रेनी नागरिकलाई सहायता बाँड्दै, ३० टन मानवीय सहायता बाँडिएको रक्षा मन्त्रालयको दाबी
युद्धका बीच पनि रुसी सेनाले युक्रेनी नागरिकलाई सहायता बाँड्दै, ३० टन मानवीय सहायता बाँडिएको रक्षा मन्त्रालयको दाबी
    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

एकातिर ८ दिन देखि रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यस युद्धमा दुबै देशका हजारौँ सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ । हजार बढी सैन्य संरचना र सँंयौ गैरसैनिक संरचना समेत ध्वस्त भएका छन् ।

यही भीषण युद्धका बीच रुसी सेनाले युक्रेनी नागरिकलाई मानवीय सहायता प्रदान गरेको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसी समाचार संस्था तासले तस्वीर सहित यो समाचार प्रकाशित गरेको छ । खारकिभ क्षेत्र आसपासका युक्रेनी नागरिकका लागि रुसको बेलगोरोडका रुसी जनताको तर्फबाट पठाईएका ३० टन सहायता सामाग्री रुसी सेनाले वितरण गरेको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्रशोधित माछामासु, खाद्यन्न, पिउने पानी, बेकरी जस्ता सामाग्री युक्रेनका महिला, बालबालिका र बृद्ध बृद्धाहरुलाई वितरण गरिएको रुसी सेनाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित