माओवादी बैठकमा नारायणकाजीले भने- पार्टीमा व्यक्तिवाद हावी भयो
माओवादी बैठकमा नारायणकाजीले भने- पार्टीमा व्यक्तिवाद हावी भयो

श्रेष्ठले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि पोखेपछि प्रचण्डले उनलाई पार्टी छोडेर जान स्वतन्त्र रहेको बताएका थिए।

    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवाद हावी भएको बताएका छन्।

शुक्रबार सुरू भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा लिखित धारणा राख्दै श्रेष्ठले नेताहरूको साँठगाँठ दलाल तथा नोकर पुँजीवादीहरूसँग बढेको बताए।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्ने विषयमा श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मतभेद भएको थियो। श्रेष्ठ एमसिसी पास गर्न नहुने पक्षमा थिए भने प्रचण्डले व्याख्यात्मक घोषणासहित  पारित गर्ने अडान लिएका थिए।

श्रेष्ठले यसबारे सार्वजनिक रूपमै असन्तुष्टि पोखेपछि प्रचण्डले उनलाई पार्टी छोडेर जान स्वतन्त्र रहेको बताएका थिए।

‘सालदेखिको सम्बन्ध भएका प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो,’श्रेष्ठले भने,‘विकास हाम्रै बलबुताले गर्नुपर्छ। अमेरिका भनेको साम्राज्यवादी शक्ति हो।’

साताकाे चर्चित
सम्बन्धित