बाँके सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित
बाँके सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित

शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्। 

    • बेल संचार

    • २० फाल्गुन २०७८, शुक्रबार

नेपाली कांग्रेस बाँके सभापतिमा संस्थापन इतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्।

शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्।

गौडेलका प्रतिस्पर्धी संस्थापन पक्षधर बादशाह कुर्मीले  ६६३ मत प्राप्त गरे।  गौडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन्।

मतदानमा कुल १४९३ मतदातामध्ये १४३९ मत खसेको थियो। जसमध्ये १६ मत बदर भएको थियो।

यसअघि बिहीबार भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९, कुर्मीले ५३८ र संस्थापन पक्षधरकै सुरेन्द्र हमालले ३१४ मत मात्रै प्राप्त गरेका थिए।

पहिलो चरणको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत नपुगेपछि शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म दोस्रो चरणको निर्वाचन भएको थियो।

तेस्रो स्थानका लुम्बिनी प्रदेशका वन तथा वातारण मन्त्रीसमेत रहेका हमालले  पनि दोस्रो चरणको निर्वाचनमा कुर्मीलाई नै समर्थन गरेका थिए।

१३ औं महाधिवेशनमा गौडेल जिल्ला सभापतिमा पराजित भएका थिए।

उनी बाँकेको सहचिव र क्षेत्र नम्बर १ को पूर्वक्षेत्रीय सभापति पनि हुन्। १४ औं महाधिवेशनबाट यसअघि नै गौडेल महाधिवेशनमा निर्वाचित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित