रुससँगको युद्ध चर्किदै गएका बेला युक्रेनको सेना अराजक बनेको देखिएको छ । उसले रुससँग भईरहेको वार्ता टोलीका सदस्यको हत्या गरेको छ । वार्ता टोली सदस्य डेनिस किरीबको सेनाले गोली हानी हत्या गरेको युक्रेनी सञ्चार माध्यमले उल्लेख गरको छ । उनले धोका दिएको भन्दै सेनाले हत्या गरेको आरोप लगाईएको छ । तर उनको हत्याबारे सरकारले कुनै आधिकारीक प्रतिकृया दिएको छैन । उनी रुससँगको दुई पटकको वार्तामा सहभागी सदस्य थिए ।
यसैबीच युक्रेनको सेनाले विदेशी विद्यार्थी र सर्वसाधारणलाई मानढाल बनाएको पुष्टी भएको छ । खारकिवमा कम्तीमा १३ सय भारतीय विद्यार्थीलाई एउटा विद्यालयमा थुनेर उनीहरुले मानवढाल बनाएको पाईएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार खाना पनि पर्याप्त नदिई र कतै हिँड्न र तस्वीर खिच्न समेत नदिएर विद्यालय भवनमा थुनेको पीडितहरुको आरोप छ ।
हजारौँ सर्वसाधारणलाई समेत मानवढाल बनाउदै युक्रेनी सेनाले आफ्ना पोष्टहरु बस्ती नजिक राख्न थालेको , टैंकहरु बस्तीको छेउमा राख्न थालेको आरोप लाग्न थालेको छ । जसले गर्दा सर्वसाधारणहरुको ज्यान थप जोखिममा परेको भन्दै त्याहाँ चिन्ता बढ्न थालेको बताईएको छ ।