रुस र युक्रेनबीच युद्ध शुरु भएको ११ औँ दिन सम्ममा यस अप्रेसनमा युक्रेनको २२०३ सैन्य संरचना, ९० लडाकु विमान ध्वस्त पारिएको रुसले दाबी गरेको छ ।
रुसको रक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
वितेको २४ घण्टामा मात्रै रुसी डिफेन्स सिस्टम र लडाकु विमानले युक्रेनको दश लडाकु विमान र हेलिकप्टर नष्ट पारेको रक्षा मन्त्रालयका प्रवक्ता कोनासेन्कोभले बताए ।
ती मध्य ६९ लडाकु विमानलाई सैन्य हवाई अड्डामै नष्ट पारिएको, एन्टी एयरक्राफ्ट सिस्टम, राडार पनि नष्ट पारिएको रुसको दाबी छ ।
यसै गरी ७७८ टैंक, ७७ वटा रकेट सिस्टम, २७९ आर्टिलरी मोर्टार, ५५३ सैन्य बाहन, ६२ वटा ड्रोन ध्वस्त पारिएको रुसको दाबी छ ।
यसबीचमा आफ्नो तर्फको क्षति रुसले सार्वजनिक गरेको छैन ।
साथै रुसी रक्षा मन्त्रालयले नागरिक संरचनालाई कुनै क्षति नपुरयाईएको भन्दै युक्रेनले मानवढाल बनाईरहेको दाबी गरेको छ । रुसले युक्रेनको असैन्यकरण र नवनाजीवादलाई रोक्न मात्र अप्रेसन चलाईरहेको बताएको छ ।
युक्रेनले पनि थुप्रै रुसी लडाकु विमान र हेलिकप्टर, टैंक, सैन्य बाहन नष्ट पार्नुका साथै ११ हजार रुसी सेना मारेको दाबी गर्दै आएको छ ।