यमनमा सुरक्षा कारबाहीका क्रममा ८० हुथि विद्रोही मारिए
यमनमा सुरक्षा कारबाहीका क्रममा ८० हुथि विद्रोही मारिए
    • बेल संचार

    • २४ फाल्गुन २०७८, मंगलवार

यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन्। देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधन लगायत पनि बरामद गरेको छ।

विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित