सानदार जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
सानदार जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
    • बेल संचार

    • २५ फाल्गुन २०७८, बुधबार

जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब साल्जवर्गमाथि ७–१ को तथा समग्रमा ८–२ को जित निकाल्दै बायर्न च्याम्पियन्स लिगका अन्तिम आठमा पुग्नेको हो। पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्यो।

घरेलु मैदान एलिएन्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा बायर्नको सानदार जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल गरे। साल्जवर्गका मौरिट्स कृएरगार्डले एक गोल फर्काए।

खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो। म्याक्सिमिलियन ओवरले लेवान्डोस्कीमाथि फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन्। २१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। यसपटक पनि ओवरले लेवान्डोस्कीमाथि नै फउल गरेका थिए।

२३औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न ३–० ले अघि बढ्यो। ३१औं मिनेटमा किङ्सले कोमानको पासमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को स्थितिमा पुग्यो।

खेलको ५४औं मिनेटमा थोमस मुलरले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए। ७०औं मिनेटमा मौरिट्स काएरगार्डले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए।

खेलको ८३औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो र टोलीका लाटि छैटौं गोल गरे। उनले यसपटक पनि सानेको पासमा गोल गरेका थिए ।

खेलको ८६औं मिनेटमा सानेले ह्याट्रिक पूरा गरेका पासमा गोल गर्दै बायर्नलाई ७–१ को एकपक्षीय सानदार जित दिलाए।

Image

साताकाे चर्चित
सम्बन्धित