प्रकाशमानको प्रश्न- सरकारमा हुँदा एमसिसीको समर्थन, बाहिर हुँदा विरोध?
प्रकाशमानको प्रश्न- सरकारमा हुँदा एमसिसीको समर्थन, बाहिर हुँदा विरोध?

एमसिसी राष्ट्रिय हितका लागि आवश्यक रहेको उनको भनाइ थियो।

    • बेल संचार

    • २५ फाल्गुन २०७८, बुधबार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसिसी परियोजना अब कार्यान्वयनमा आउने बताएका छन्।

एमसिसीमाथि भ्रम फैलाइएको उल्लेख गर्दै उनले केही दल सरकारमा हुँदा एमसिसी अगाडि बढाउने र सरकार बाहिर हुँदा एमसिसी विरोधमा उत्रिएकोले त्यसो गर्न नहुने बताए।

एमसिसी राष्ट्रिय हितका लागि आवश्यक रहेको उनको भनाइ थियो।

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौं महानगरपालिका ३१ शंखमुलमा आज बिहान कांग्रेस बुथ समिति गठन कार्यक्रममा बोल्दै सिंहले एमसिसी नेपालकै हितका लागि भएकोले संसदबाट अनुमोदन गरिएको बताए।

‘एमसीसीले नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने भएकोले कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ उनले भने। एमसिसी राष्ट्रघाती भनेर प्रचार गरिएकोमा भ्रम चिर्नुपर्ने उनले बताए।

‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो। राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि!,’ उनले भने।

उनले ०७९ वैशाख ३० मा स्थानीय तह चुनाव भएकोले पार्टीका उम्मेदवार जिताउन सबै लाग्नुपर्नेमा जोड पनि दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित