एक्लाएक्लै निर्वाचन लड्ने दम्भ देखाए माओवादी लड्न तयार – प्रचण्ड
एक्लाएक्लै निर्वाचन लड्ने दम्भ देखाए माओवादी लड्न तयार – प्रचण्ड
    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका केही नेताहरूले माओवादी एक्लै निर्वाचन लडे धुलोपिठो हुन्छ भनेर सार्वजनिक रुपमा अपमान गर्दै हिडेकाले एक्लाएक्लै निर्वाचन लड्ने दम्भ देखाए माओवादी त्यसका लागि तयार रहेको बताएका छन् ।

बुधबार माओवादी केन्द्र बागमती प्रदेश समितिद्धारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा कार्यकर्ता माझ बोल्दै उनले पछिल्लो चरण माओवादीहरु कमजोर छन्, एक्लै निर्वाचन लडे धुलोपिठो हुन्छ भन्दै अपमानजनक भासनहरु गरेको तर्फ इंगित गर्दै यस्ता किसिमको अपमान आफुलाई सहिया नहुने बरु एक्लै निर्वाचन लड्न तयार हुने बताए ।

 

आफ्नो पार्टी माओवादी केन्द्र तिनै तहको निर्वाचनमा गठबन्धन गरेरै निर्वाचन लड्ने पक्षमा रहेको तर एक्लै लडौ भनेर कसैले दम्भ देखाउछ भने माओवादी त्यसका लागि सधैं तयार रहेकोले सबै नेता कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रित हुन अपिल गरेका छन् ।

माओवादी विचार र मुद्दाको दृष्टिले सबै भन्दा बलियो पार्टी रहेकोले सबै कार्यकर्ताहरुलाई एक ढिक्का भएर सबै जिल्ला, गाउँपालिका,वडा र टोलटोलमा अभियान संचालन गर्न निर्देशन दिएका छन् ।

साथै उनले निर्वाचनमा जो माओवादीसंग तालमेल गर्न रुचिगत ठान्छन् तिनीहरूसंग तालमेलका निम्ति हुनेसम्मको लचिलो हुन तयार हुने तर जो माओवादीसंग तालमेलका लागि रुचिगत ठान्दैनन् तिनीहरुसंग माओवादीको पनि कुनै रुचि नरहेको र तालमेलको रोइकराइ नगर्ने बरु एक्लै भिड्न तयार रहेको बताए ।

देशभरिको माहोल हेर्दा माओवादीको सबैभन्दा राम्रो माहोल सिर्जना हुँदै गएको र आउदो निर्वाचनमा माओवादीको परिणाम सोचेको भन्दा राम्रो हुने जिकिर गर्दै पुनः एक पटक सबै नेता कार्यकर्ताहरुको विचमा रहेका बैचारिक मतभेदलाई थाती राखेर निर्वाचनको तयारी गर्न अपिल गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित