राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतक देवेन्द्र दाहाल
राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतक देवेन्द्र दाहाल

दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।  

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।

ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्।

दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।

‘उहाँले तपाईंहरूलाई गह्रुंगो जिम्मेवारी छ। पार्टीले देशको नेतृत्व गरिहाल्छ। लोकतन्त्र र संसदीय मर्यादा जोगाउन तपाईंहरू जिम्मेवार भएर लाग्नुहोस् भन्नुभयो,’ भट्टराईले सेतोपाटीसँग भने।

यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको छ।

साताकाे चर्चित
सम्बन्धित