सुवेदीको सपना पुरा भयो तीनै छोरीहरू सरकारी सेवामा प्रवेश
सुवेदीको सपना पुरा भयो तीनै छोरीहरू सरकारी सेवामा प्रवेश

विद्यालय तहमै उनीहरूको पढाई अब्बल थियो । 

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

धनकुटा

(छोरा छोरी बराबरी) सम्मान अबसर पाइयो भने छोराले सरह छोरीले पनि गर्न सक्छन् भन्ने एउटा सत्य उदाहरण बनेका छन् । बुवा सीताराम सुवेदी आमा सुशिला सुवेदीका दुइ छोरा, तीन छोरी जन्मिएपछि उनको चाहना थियो सबैलाई सरकारी सेवामा प्रवेश गराउने । उनी आफै पनि सरकारी विद्यालयको शिक्षक भएका कारण आफ्ना छोरीहरू सरकारी सेवामै प्रवेश गरून भन्ने चाहान्थे ।

सुवेदी महेन्द्र आधारभूत विद्यालयकाका प्रध्यानाध्यापक थिए । अहिले उनले चाहेअनुसार नै छोरीहरू(तीर्थ) अन्जु , बन्दना र रन्जना निजामती सेवामा रमाइरहेका छन् । विद्यालय तहमै उनीहरूको पढाई अब्बल थियो ।

जेहेन्दार विद्यार्थीहरू उच्च शिक्षा अध्ययन र कमाइका लागि विदेशिने चलनजस्तै बनेको बेला (तीर्थ) अन्जु, बन्दना र रञ्जनाले निजामती सेवा रोजे । सुवेदीले तीनै जना छोरीहरुलाई सामुदायिक विद्यालयमा पढाएका थिए । विद्यालय तहमै उनीहरूको पढाई अब्बल थियो । जेहेन्दार विद्यार्थीहरू उच्च शिक्षा अध्ययन र कमाइका लागि विदेशिने चलनजस्तै बनेको बेला(तीर्थ) अन्जु, बन्दना र रञ्जनाले निजामती सेवा रोजे । सुवेदीकी जेठी छोरी (तीर्थ) अन्जु दुई वर्षअघि लोक सेवाको परीक्षा उत्तिर्ण गरेर शिक्षातर्फ प्राविधिक सहायक पदमा कार्यरत छिन् ।

 

उनको पोस्टिङ मोरङको सुन्दरहरैचा नगरपालिकामा छ । त्यसअघि सरकारी शिक्षकको रूपमा कार्यरत उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् ।

माहिली छोरी बन्दना सुवेदी सिञ्चाई विभाग ललितपुरमा लेखापाल छिन् । उनी २०७२ सालमा लोक सेवाको परीक्षा उत्तिर्ण गरेर निजामती सेवा प्रवेश गरेकी हुन् । उनले पनि स्नातकोत्तरसम्मको अध्ययन सकेकी छन् । कान्छी छोरी रञ्जना सुवेदी २०७५ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी अहिले इटहरी उप–महानगरपालिकामा योजना शाखामा कार्यरत छिन् ।

कान्छी छोरी रञ्जना सुवेदी २०७५ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी अहिले इटहरी उप–महानगरपालिकामा योजना शाखामा कार्यरत छिन् ।(तीर्थ) अन्जु, बन्दना र रन्जनाले धनकुटाको मुगामा रहेको महेन्द्र आधारभुत विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरेकी थिइन् । उनीहरूले प्रवेशिका परीक्षा (एसएलसी) भने गोकुण्डेश्वर माध्यमिक विद्यालय बाट उत्तिर्ण गरेकी हुन् । तीनै जना छोरीहरु निजामती सेवामा रमाइरहँदा त्यसको खुशी भने सुवेदीले धेरै समय साट्न पाएनन् । गत वर्ष कोभिड–१९ संक्रमणको कारण सुवेदीको निधन भयो ।

बुबाको प्रेरणाकै कारण निजामती सेवामा प्रवेश गरेको रञ्जनाले बताइन् । ‘बुबा विद्यालयको शिक्षक हुनुहुन्थ्यो । उहाँको चाहना पनि छोरीहरू सरकारी सेवामै प्रवेश गरून भन्ने थियो । बुबा शिक्षक भएको कारण पनि घरमा शैक्षिक वातवरण थियो । लोकसेवा उत्तिर्ण गर्न हामीलाई त्यसले सहयोग गर्‍यो’, रञ्जनाले भनिन् । तर, आफूहरूको खुशी धेरै समय बुबासँग साट्न नपाएकोमा उनीहरू दुखित छन् ।

‘बुबा आमाले दुःख गरेर पढाउनुभयो तर, अहिले हाम्रो खुशी बुबासँग साट्न पाएका छैनौ’, उनले भनिन् । तीन दिदीबहिनीबीच कसले छिटो सरकारी जागिरमा नाम निकाल्ने भन्ने प्रतिस्पर्धा हुने गरेको विगत उनीहरु सम्झन्छन् । अहिले पनि कसले छिटो प्रमोशन पाएर माथिल्लो तहमा बढुवा हुने भन्ने प्रतिस्पर्धा हुने गरेको उनीहरु बताउँछन् । तीर्थ र बन्दनाको विवाह भइसकेको छ ।

उनीहरूका श्रीमान पनि निजामती सेवामै छन् ।छोराछोरी दुबैमा कतिपनि बिभेद नगरी सबैलाइ आफ्नो खुट्टामा मा उभिन  र सक्षम बनाउन आफ्नो पुरै जिन्दगी दु:ख गरेर छोराछोरी लाइ सुख मा राखेर पढाएका बुवा  आमाले  यहि प्रेरणा ले स्कुल कलेज तिर पनि उत्कृष्ट हुने गरि पढ्दै आएर पछि सरकारी सेवा मा प्रबेश गरेका थिए ।

अझै यो भन्दा माथिल्लो पदमा जान निरन्तर हौसला दिएका सुबेदीले   आफ्नो अबकाश पछिको सुखमय जीवन  बिताउने आशा अधुरै रह्यो । छोराछोरीले केही गरेर खुसी दिने बेलामा उनलाइ अकस्मात दुर्घटना गुमाउनु पर्दाको पीडा सम्झनै नसक्ने भएको कान्छी छोरी रन्जु बताउछिन् ।

साताकाे चर्चित
सम्बन्धित