विदेशबाट आउनेका लागि जारी गरिएका जनस्वास्थ्य सम्बन्धी सबै खारेज
विदेशबाट आउनेका लागि जारी गरिएका जनस्वास्थ्य सम्बन्धी सबै खारेज
    • बेल संचार

    • २७ फाल्गुन २०७८, शुक्रबार

सरकारले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेपाल आगमन सम्बन्धी लागू गरिएका सबै प्रावधानहरु खारेज गरेर नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।

अध्यागमन विभागले अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने नियम ल्याएको हो । अब विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको विभागले जनाएको छ । विदेशबाट आउनेहरुका हकमा जारी गरिएका जनस्वास्थ्य सम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको पनि विभागले जनाएको छ ।

नयाँ ‘ट्राभल एडभाइजरी’मा अब अन्तर्राष्ट्रिय प्रवेश विन्दूबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट पेस गरे पुग्ने उल्लेख छ । साथै कानूनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित