चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने
चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने
    • बेल संचार

    • २७ फाल्गुन २०७८, शुक्रबार

सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

 

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित