राष्ट्रपति भण्डारी : बिआरआई परियोजनाले गति लिन सकेका छैनन्, तिनलाई अगाडि बढाउन साझा प्रयास चाहिन्छ
राष्ट्रपति भण्डारी : बिआरआई परियोजनाले गति लिन सकेका छैनन्, तिनलाई अगाडि बढाउन साझा प्रयास चाहिन्छ

तिनलाई हामी नेपालको पूर्वाधार विकासका अवसरका रूपमा लिँदै प्रक्रिया अघि बढाउन चाहन्छौं,'

    • बेल संचार

    • २७ फाल्गुन २०७८, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गतका परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक रहेको बताएकी छन्।

अंग्रेजी भाषाको चिनियाँ अखबार ग्लोबल टाइम्समा बिहीबार प्रकाशित अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले हस्ताक्षर गरेको पाँच वर्ष बिते पनि बिआरआई प्रोजेक्टमा उल्लेख प्रगति नभएको उल्लेख गरेकी छन्।

‘नेपाल बिआरआईको सदस्य राष्ट्र हो। हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल बनाउने अवधारणाको हामी प्रशंसा गर्दछौं।

तिनलाई हामी नेपालको पूर्वाधार विकासका अवसरका रूपमा लिँदै प्रक्रिया अघि बढाउन चाहन्छौं,’ राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘एमओयूमा हस्ताक्षर भएको पाँच वर्षमा पनि धेरै कारणले बिआरआई परियोजनाले गति लिन सकेका छैनन। तिनलाई अघि बढाउन हामीले साझा प्रयास लगाउनु पर्छ।’

राष्ट्रपति भण्डारीले सन् २०१९ मा आफूले गरेको चीनको राजकीय भ्रमण र पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको भ्रमणको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अहिले समस्यारहित रहेको बताएकी छन्।

उनले नेपालमा कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनले स्वास्थ्य उपकरणदेखि खोपसम्म उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेकी छन्।

साताकाे चर्चित
सम्बन्धित