विश्व काेराेना अपडेट : एकैदिन १६ लाखमा काेराेना पुष्टि, ५ हजार संक्रमितकाे मृत्यु
विश्व काेराेना अपडेट : एकैदिन १६ लाखमा काेराेना पुष्टि, ५ हजार संक्रमितकाे मृत्यु
    • बेल संचार

    • २८ फाल्गुन २०७८, शनिबार

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ ।

त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ८१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ५६९ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर १६ लाख ८३ हजार २३४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४५ करोड ५० लाख ४६ हजार ६२ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ३८ करोड ८९ लाख ४ हजार १७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६० लाख ५७ हजार ५४० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

हालसम्म विश्वभर ६० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ६६ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप १३ लाख २७ हजार ६३ संक्रमित निकाे भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५० को ज्यान गएको छ । ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७७ हजार ८४९ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ९ लाख ६० हजार ६८६ जना संक्रमित निको भइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित