जसपाको संघीय परिषद् बैठक आज बस्दै
जसपाको संघीय परिषद् बैठक आज बस्दै

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

    • बेल संचार

    • २८ फाल्गुन २०७८, शनिबार

जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठक शनिबार काठमाडौंमा बस्ने भएको छ।

दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ।

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ।

केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

साताकाे चर्चित
सम्बन्धित