नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम   
नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम   

सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।    

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

काठमाडौँ,
पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित हुनुभएको छ ।

सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।

साताकाे चर्चित
सम्बन्धित