मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय   
     मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय   

जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।         

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

काठमाडौँ, 
मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो । फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको ‘जबज’ को विचारलाई प्रवद्र्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षमा सहयोग गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित