प्रधानमन्त्री देउवाका अभिव्यक्ति झुठा र उद्दण्डपूर्ण: भीम रावल
प्रधानमन्त्री देउवाका अभिव्यक्ति झुठा र उद्दण्डपूर्ण: भीम रावल

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।

आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाबारे रावलले दुई जिभ्रे कुरा गरेको बताएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम रावल २०७३ असार ३१ मा उपप्रधानमन्त्री रहेको र त्यो मन्त्रिपरिषदले एमसिसी परियोजना अनुमोदनका संसदमा प्रस्ताव लैजाने निर्णय गरेको देउवाको भनाइ थियो।

यो पनि: भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसिसी अघि बढाउने, अहिले विरोध गर्न लाज छैन? (भिडिओ)

ओलीले अघि बढाएको एमसिसी परियोजना आफूले प्रतिनिधि सभाबाट पारित गरेको देउवाको भनाइ थियो।

साथै देउवाले मन्त्री हुँदा रावलले एमसिसीबारे विरोध नगरेको तर अहिले विरोध गरेकोमा त्यसबेला ‘दिमाग खुस्किएको थियो’ भन्ने प्रश्न गरेका थिए।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।

उनले एमसिसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।

‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ रावलले भनेका छन्।

आफू देशभक्त नागरिक भएकोले राष्ट्र हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको रावलको भनाइ थियो। प्रधानमन्त्री देउवाले एमसिसीबारे रावलको मात्रै टाउको दुखेको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित