संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस
संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

मन्त्रिपरिषद्ले आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको हो। 

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्ले आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको हो।

‘मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ’, सूचना तथा सञ्चार प्रविधि मन्त्रीसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीसँग भने।

६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ।

संसद चल्न नसकेको अवस्थामा सरकारले चालु संसद अधिवेशन अन्त्य सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित