एमसिसी परियोजनामा आठ प्रधानमन्त्री संलग्न, कसका पालामा के भयो?
एमसिसी परियोजनामा आठ प्रधानमन्त्री संलग्न, कसका पालामा के भयो?

२०६६ सालदेखि एमसिसी परियोजना नेपाल ल्याउन पहल भएको थियो। त्यसबेला तत्कालीन नेकपा एमालेबाट माधवकुमार नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए।

    • बेल संचार

    • २ चैत्र २०७८, बुधबार

एमसिसी परियोजना अघि बढाउन नेपालका एक मन्त्रिपरिषद अध्यक्षसहित आठ जना प्रधानमन्त्रीका पालामा विभिन्न निर्णय भएको पाइएको छ।

२०६६ सालदेखि एमसिसी परियोजना नेपाल ल्याउन पहल भएको थियो। त्यसबेला तत्कालीन नेकपा एमालेबाट माधवकुमार नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए।

२०६६ माघ १५ मा मन्त्रिपरिषदले एमसिसीको सम्भावित सहयोगबारे छलफल गरेको थियो। माधव नै प्रधानमन्त्री हुँदा एमसिसीबारे मन्त्रिपरिषदबाट २०६७ असोज १२ मा पनि निर्णय भएको थियो।

त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०६८ वैशाख १ मा मन्त्रिपरिषदले एमसिसीमा नेपाललाई सहभागी गराउन आग्रह गर्ने निर्णय गरेको थियो।

२०६८-०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा नेपाल एमसिसी थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी पत्र प्राप्त भएको थियो। ०६९-०७० मा खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा अध्ययनका लागि नेपाली अर्थशास्त्रीको समूह गठन गरिएको थियो।

२०७० देखि ०७२ मा सुशील कोइराला प्रधानमन्त्री हुँदा एमसिसीले नेपाललाई कम्प्याटका लागि छनौट गरेको जानकारी प्राप्त भएको थियो। पूर्वसचिव कृष्ण ज्ञवाली कम्प्याटका लागि राष्ट्रिय संयोजक तोकिएको थियो।

त्यसपछि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि एमसिसीबारे विभिन्न निर्ण मन्त्रिपरिषदबाट भएका थिए।

ओली प्रधानमन्त्री हुँदा २०७५ कात्तिक २६, २०७५ माघ २५, २०७६ असार ३०, २०७७ चैत २, २०७४ चैत २०, २०७५ असोज ५, २०७३ असार ३१, २०७३ साउन ७ र २०७२ पुस १० मा मन्त्रिपरिषदबाट विभिन्न निर्णय भएका छन्।

देउवा प्रधानमन्त्री हुँदा २०७८ भदौ २३, २०७८ फागुन १५, २०७४ साउन १९, २०७४ भदौ २९ मा पनि एमसिसीबारे निर्णय भएका छन् भने प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ चैत २३, २०७३ असोज ६ र २०७४ जेठ १९ मा पनि मन्त्रिपरिषदले एमसिसीबारे निर्णय लिएका छन्।

देउवा प्रधानमन्त्री हुँदा गत मंसिर १५ मा एमसिसी प्रतिनिधि सभाबाट अनुमोदन भएको थियो।

हेर्नुस् कसका पालामा के निर्णय भए?

 

साताकाे चर्चित
सम्बन्धित