युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य   
     युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य   

 दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

    • बेल संचार

    • ४ चैत्र २०७८, शुक्रबार

काठमाडौँ, 
संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । तीब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि युएईले खुलेर रन बटुल्न सकेन् । युएईका लागि रिजवान सिपी र रोहण मुस्थाफाले ४०÷४० रनको योगदान दिए । यस्तै मोहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमद राजाले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए । नेपालले यसअघि बुधबार पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।
–––

साताकाे चर्चित
सम्बन्धित