कांग्रेस स्याङ्जाले वडामा खटायो ५ जना प्रतिनिधि
कांग्रेस स्याङ्जाले वडामा खटायो ५ जना प्रतिनिधि

आइतबारदेखि प्रत्येक वडामा पाँच जनाका दरले प्रतिनिधि खटाइएको पौडेल बताउँछन्।

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

स्थानीय चुनाव केन्द्रित घरदैलोका लागि नेपाली कांग्रेस स्याङ्जाले जिल्लाका वडाहरूमा पार्टीका प्रतिनिधि खटाएको छ।

जिल्लाका ९५ वडामा पाँच/पाँच जनाका दरले प्रतिनिधि खटाउने निर्णय गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। पौडेललाई कांग्रेस केन्द्रले स्याङ्जा प्रतिनिधिका रूपमा खटाएको थियो।

आइतबारदेखि प्रत्येक वडामा पाँच जनाका दरले प्रतिनिधि खटाइएको पौडेल बताउँछन्।

जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलगायत वडामा खटिएका छन्। भातृ संस्थाका प्रमुख एवं प्रतिनिधिलाई पनि चुनावी घरदैलो अभियानमा सक्रिय बनाइएको उनले बताए।

वडा खटाउनुअघि उनीहरूलाई प्रशिक्षण दिइएको थियो। निर्वाचन तयारी, पार्टी संगठन बलियो बनाउनेजस्ता काम दिएर प्रतिनिधिहरूलाई वडा तहमै खटाइएको छ।

कांग्रेसले यसपालि वडा र टोल समितिलाई क्रियाशील बनाउन खोजेको छ।

साताकाे चर्चित
सम्बन्धित