केपी शर्मा ओलीले दुईतिहाइ हैसियत कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाए
केपी शर्मा ओलीले दुईतिहाइ हैसियत कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाए

नल एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको दाबी गरे।

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाएका छन्।

इलाममा आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने जिकिर गरे।

उनल एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको दाबी गरे।

एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन?’ भत्ता खाइराख्ने? एमालेले लगाइदिएको  सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन? विचार गर्नुस् त, कति साह्रो लाज नभएको? कमसेकम नेकपा एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि। एमालेले लगाइदिएको जुँगामा ताउँ लगाउने अनि एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईँहरूले जवाफ दिनुपर्छ। आउदो बैखाख ३० गतेको चुनावमा  यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईँहरूले मुखभरिको जवाफ दिनुपर्छ।’ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको पुनः आपत्ती जनाए।

आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगको आलोचना गरे।‘रूखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो? दलहरूसँग किन परामर्श गरिएन? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो? सूर्य हरियो हुन्छ कहीँ,’ उनले आक्रोश पोखे।

‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु। उसले एउटा पार्टीको पक्षमा मात्र होइन। निश्पक्ष भएर काम गर्नुपर्छ। अहिले आयोगले चुनाव चिन्हमा रूखको रंग सबैलाई दिने रे, रूख पनि हरियो। सूर्य पनि हरियो, कही हुन्छ?’, ओलीले अगाडि भने।

पटक पटक चुनाव मतपत्रको रंगबारे आलोचना गर्दै आएका ओलीले  मनोनयन दर्ताका लागि दुई दिन दिने आयोगको निर्णयलाई विश्वमा कतै नभएको चलन भएको जिकिर गरे।

‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन दिन समय गर्थ्यो । यसपालि दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो?,’ उनले प्रश्न गरे, ‘मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

एमाले अध्यक्ष ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने दाबीसमेत गरे।

उनले एमालेबाट दुई चार जनाले छोडेर गए केही नहुने भन्दै ओइलिएका पात झर्ने बताए। ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्नेछ,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित