मेष–यो साताको सुरुका दिनमा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । शुभ कार्यको चर्चा चल्नेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
वृष–साताको सुरुका दिनमा नयाँ कार्यको योजना बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
मिथुन–यो साता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शैक्षिक पक्षमा सुधार हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग आकासे वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले राम्रो हुन्छ ।
कर्कट–यो सातामा रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतिको सम्भावना प्रवल छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह–साताको सुरुका दिनमा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । सामान हराउने वा चोरी हुने भय छ । साताको मध्यबाट महिला वर्गबाट सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । लाभदायक यात्रा पनि रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या–यो हप्ता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लाभदायी यात्रा हुनुका साथै स्थान परिवर्तनको योग रहेको छ । अचल सम्पत्ति हात पर्ने योगछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
तुला–यो साता नयाँ वस्त्र र अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन र सम्पत्ति जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । भ्रमण र मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
वृश्चिक–यो साता सामाजिक सद्भाव र रमाईलो यात्राको योग छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राजनैतिक कार्यमा ख्याती कमाउने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु–यो साता कुनै समाचारले मनमा शान्ति छाउनेछ । पद र पदोन्नतिको सम्भावना प्रवल छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
मकर–यो साता रमणीय र सुखद् यात्राको योग छ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ–यो सातामा शुभकार्यमा सरिक भईनेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिन–यो साता नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आकस्मिक यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।