शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल   
     शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल   

गाउँपालिकाले आईतवार वडा नं. ९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साईकल हस्तान्तरण गरेको छ ।         

    • बेल संचार

    • ७ चैत्र २०७८, सोमबार

राँझा, 
बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । उहाँका अनुसार, राप्ती सोनारीमा यसवर्ष एक हजार १७ छात्रालाई साईकल वितरण गर्ने योजना छ ।

“ यसवर्षबाट छात्रालाई साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट छात्रले पनि पाउनु हुनेछ”, उहाँले भन्नुभयो । गाउँपालिकाले आईतवार वडा नं. ९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साईकल हस्तान्तरण गरेको छ ।

विद्यालयका कुल ९७ जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित