चिनियाँ विदेश मन्त्री वाङ ११ गते नेपाल आउने, राष्ट्रपतिदेखि प्रचण्डसँग भेटघाट गर्ने
चिनियाँ विदेश मन्त्री वाङ ११ गते नेपाल आउने, राष्ट्रपतिदेखि प्रचण्डसँग भेटघाट गर्ने

परराष्ट्र मन्त्रालयका अनुसार यी चैत ११ गते शुक्रबार नेपाल आउने छन्।

    • बेल संचार

    • ७ चैत्र २०७८, सोमबार

चीनका विदेश मन्त्री वाङ यी यसै साता नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार यी चैत ११ गते शुक्रबार नेपाल आउने छन्।

काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने परराष्ट्रले जनाएको छ।

शनिबार उनले समकक्षी नारायण खड्कासँगको द्वीपक्षीय वार्ता गर्ने छन्।

उनी आइतबार नेपालबाट फर्किने छन्।

साताकाे चर्चित
सम्बन्धित