एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्।

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन्।

साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्।

चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको रिजालले जानकारी दिए।

बैठक बिहीबारसम्म चल्नेछ।

साताकाे चर्चित
सम्बन्धित