राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा प्रवेश 
  राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा प्रवेश 

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

सुदूरपश्चिम
धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० को सोझो सेटले पराजित ग¥र्यो । सो क्रममा २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसँग प्रदेश नं १ पराजित भएको हो । खेलका ‘म्यान अफ द म्याच’ आर्मीका दुर्गा खड्का भए ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका हिम राना भए । आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो ।

चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित