पार्टीले चाहे मेयरमा उम्मेदवारी दिन सक्छु- लामा
पार्टीले चाहे मेयरमा उम्मेदवारी दिन सक्छु- लामा
    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

नुवाकोट आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ। राप्रपा नुवाकोट संघिय क्षेत्र नं २ को अध्यक्ष दिपेश लामाले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी र जनताले चाहे बेलकोटगढी नगरपालिकाको मेयरमा उम्मेदवारी हुने बताएका छन ।

राजनीति सगै समाजसेवी तथा पर्यटन व्यावसायी लामा नेपालमा छिटोछिटो सरकार परिवर्तनको ट्रेन्ड र त्यसले विकास र आर्थिक उन्नतिमा पुर्याइरहेको असरबारे र अव युवा पुस्ताले राजनीतिमा आउनु पर्ने बताउँछन् ।

अहिले निरन्तर रुपमा भेटघाट छ्लफल र अन्तर्कृयामा ब्यास्त छु। जनताको सुझाब सल्लाह र सहयोगले मलाइ हौसला प्राप्त भएको छ।केही गर्नु पर्छ यो देशमा भन्ने आत्मबल झन बढेको अनुभूति भैरहेको छ।

पुराना पार्टी र नेतृत्वले सधै सपना बाडेर ढाट्छ्ल र षड्यन्त्रले गर्दा जनतामा अलि निरास भएको पाए। जनतालाइ आशाबादी बनाउदै यो देशलाइ स्वाधीन,आत्मनिर्भर समुन्नत नेपाल बनाउनु मेरो पहिलो कार्यभार हो।अहिलेको ब्याप्त गरिबिको अन्त्य गर्न रोजगारीको सृजना गर्दै उत्पादन बढाउनु हाम्रो अबको कार्यक्रम हो।अबको आर्थिक बिकास भन्ने कुराले यो कुरा प्रस्ट नै पार्छ।

साताकाे चर्चित
सम्बन्धित