चैत १० गते बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल
चैत १० गते बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल
    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

काठमाडौँ, १० चैत। आज मिति वि सं २०७८ साल चैत महिनाको १० गते बिहीबार, तदअनुसार सन् २०२२ मार्च २४ तारिख, कस्तो छ तपाइको भाग्य।  हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अत: स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

साताकाे चर्चित
सम्बन्धित