प्रदेश १ का मुख्यमन्त्री र स्वीस राजदूतबीच भेटवार्ता
प्रदेश १ का मुख्यमन्त्री र स्वीस राजदूतबीच भेटवार्ता

भेटका अवसरमा द्विपक्षीय हितकाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग बिहीबार नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले भेट गरेकी छन्।

भेटका अवसरमा द्विपक्षीय हितकाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

भेटघाटमा राजदूत भोन क्याप्लरले स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाबारे थप छलफल र समीक्षा गर्न चाहेको बताएकी थिइन्।

यही बीचमा प्रदेश नं. १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुसी व्यक्त गरेको पोखरेलले जानकारी दिए।

राजदूत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै गर्दै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको बताएकी थिइन्।

मुख्यमन्त्री राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसके पनि यो परियोजना प्रदेश १ लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताए।

उनले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित