युद्धबन्दी रुसी सेनालाई चरम यातना दिएर हत्या गर्ने दुई युक्रेनी सेना रुसी कमाण्डोद्धारा पक्राउ
युद्धबन्दी रुसी सेनालाई चरम यातना दिएर हत्या गर्ने दुई युक्रेनी सेना रुसी कमाण्डोद्धारा पक्राउ
    • बेल संचार

    • १६ चैत्र २०७८, बुधबार

आईतबार नियन्त्रणमा लिईएका दुई रुसी सेनालाई चरम यातना दिएर वर्वरतापूर्ण हत्या गर्ने कार्यमा संलग्न दुई युक्रेनी सेनालाई रुसी कमाण्डोले पक्राउ गरेको छ । विशेष अप्रेसनका क्रममा रुसी कमाण्डोले सो घटनामा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

खारकोभ क्षेत्रमा युद्ध बन्दी बनाईएका दुई रुसी सेनालाई चरम यातना सहित हत्या गरिएको भिडियो भाईरल बनेको थियो ।
भिडियो खिचेरै खुट्टामा गोली हानी उनीहरुलाई थप यातना दिईएको सार्वजनिक भएपछि रुसले अनुसन्धान गर्ने बताएको थियो ।
मृत्यु भएका रुसी सैनिकलाई समेत प्रहार गरिएको थियो । सो कार्यमा संलग्न युक्रेनी सेनालाई रुसले बन्दी बनाएको छ ।

 

यसैबीच रुस र युक्रेनबीचको चौथो चरणको वार्तामा केही प्रगति भएको छ । टर्कीमा सम्पन्न वार्तामा युक्रेन नेटो सदस्य नहुने र परमाण हतियार नबनाउने गरी सहमतितिर अघि बढेको बताईएको छ । वार्तामा प्रगति भएसँगै रुसले किभ र चेर्निहिबबाट आफ्नो सेना पछि हटाउन शुरु गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित