चीनले साउदी अरेबियाको तेलडलरको सट्टा युुआनमा किन्ने इच्छा देखाएको छ । चीनको यस किसिमको प्रस्ताव आएको यो पहिलो पटक भने होइन । साउदी अरेबियाले आफ्नो तेलको निर्यातको एक तिहाई चीनमा बिक्री गर्दै आएको छ । यस्तोमा साउदी अरेबियाले चीनलाई युुआनमा तेल बिक्री गर्ने इच्छा देखाएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
विगत ५ वर्षसम्म यस किसिमको मोलमोलाई हुँदै आए पनि चाँडै नतिजामा पुुग्न सक्ने देखिएको छैन । साउदी अरेबियाले आफ्नो रियाललाई डलरमा विनिमय गर्दैै आएको छ । त्यसैले डलरमा हुने कुनै पनि क्षतिले उसको आफ्नै मुद्रामा पनि हानी पुुग्न सक्ने क्वार्जले उल्लेख गरेको छ ।