कतार फिफा विश्वकप २०२२ मा चार पटकको विश्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् ।
समूह ‘ई’मा स्पेन र जर्मनीसँगै एसियाको जापान तथा कोष्टारिका र न्युजिल्यान्डबीचको विजेता रहेनेछन् । आयोजक कतार रहेको समूह ‘ए’मा नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर छन् । त्यस्तै सबैभन्दा धेरै उपाधि जित्न सफल ब्राजिलको समूह ‘जी’मा सर्बिया, स्विट्रल्यान्ड र क्यामरुन छन् ।
लियोनल मेसीको टोली अर्जेन्टिना रहेको समूह ‘सी’मा एसियाली मुलुक साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन् । त्यस्तै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल रहेको समूह ‘एच’मा घाना, उरुग्वे र दक्षिण कोरिया छन् ।
केभिन डी ब्रुयनाको टोली बेल्जियम रहेको समूह ‘एफ’मा क्यानडा, मोरोक्को र क्रोएसिया छन् । साविक विजेता फ्रान्स रहेको समूह ‘डी’मा डेनमार्क, ट्युनिसिया तथा अष्ट्रेलिया, यूएई र पेरुमध्ये एक रहनेछन् ।
इङ्ल्यान्ड रहेको समूह ‘बी’मा इरान, अमेरिका तथा स्कटल्यान्ड, युक्रेन र वेल्समध्यको विजेता टोली रहनेछन् ।