प्रधानमन्त्री देउवालाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?
प्रधानमन्त्री देउवालाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा लोहनीले लेख्नुभएको छ ‘सम्मानीय प्रम देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा जानुभएको हो ।

उहाँले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित