नेपालको विकासमा भारतको सधैँ साथ, पञ्चेश्वर परियोजना अघि बढाउँछौँ : मोदी
नेपालको विकासमा भारतको सधैँ साथ, पञ्चेश्वर परियोजना अघि बढाउँछौँ : मोदी
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतले सधैँ साथ दिने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले देउवा भारतका पुराना मित्र रहेको पनि बताए । पाँचौँ पटक देउवा प्रधानमन्त्री बन्दा परिपक्व भइसकेको भन्दै उनले विकासका लागि आफ्नो साथ रहने बताएका हुन् ।

सम्बोधनका क्रममा मोदीले भने, ‘उहाँ देउवाजी भारतको पुरानो मित्र हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको रुपमा पाँचौँ पटक सत्तामा हुनुहुन्छ । नेपालको विकासमा भारतको सधैँ सहयोग रहँदै आएको छ र रहने छ ।’

साथै, बहुचर्चित पञ्चेश्वर परियोजनालाई समेत तीव्र गतिमा अगाडि बढाउनमा जोडएकाे मोदीले बताएका छन् । उक्त परियोजना सम्पन्न भएमा नेपालको विकासका लागि समेत ‘गेम चेन्जर’ हुने मोदीको भनाइ थियो ।

प्रम देउवाको यस भ्रमणले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समेत मोदीले बताए । साथै उनले नेपाल र भारतको भूमि प्रयोग गरेर एक अर्काविरुद्ध कुनै पनि अवाञ्छित तत्वले गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरु सचेत रहेको समेत बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित