नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर
नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

नेपाल र भारतबीच ऊर्जा र रेलवेमा सहकार्य गर्नेबारे चार वटा सम्झौता भएका छन्।

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटपछि दुबै देशका अधिकारीहरूले ती समझदारी/सम्झौतामा हस्ताक्षर गरेका हुन्।

इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्तिमा सम्झौता,  भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

त्यस्तै सीमापार रेलसम्बन्धी प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

आजै प्रधानमन्त्री देउवा र मोदीले जयनगर-जनकपुर रेलको उद्घाटन गरेका थिए।

 

साताकाे चर्चित
सम्बन्धित